Work progress details

हालसम्म यस प्रतिष्ठानबाट सम्पन्न गरिएका कार्य प्रगति विवरण

  • नवप्रतिभालाई वौद्धिक जगतको सामिप्यता उपलब्ध गर्नुको महत्व तर यसकालागि आवश्यक संघर्ष, लगनशिलता एवं अपनाउनु पर्ने धैर्यताका खातिर वि.सं. २०६१ सालमा बरिष्ठ कथाकार देवकुमारी थापा र भाषाशास्त्री प्राज्ञ बालकृष्ण पोखरेलको छुट्टाछुट्टै आत्मवाचन कार्यक्रम सम्पन्न ।
  • वि.सं. २०६१ आश्विनमा ३ दिने चित्रकला, मुर्तिकला र परम्परागत कला (मिथिला, पौभा) ललितकला सभ्̈म पूर्वाञ्चल, विराटनगरसँगको सहकार्यमा सम्पन्न । यसबाट २६ जना प्रशिक्षार्थी लाभान्वित भएका थिए ।
  • “अतिथि देवो भव” भन्ने उक्तिलाई सार्थकता दिन काठमाडौ लगायत देशका अन्य स्थानबाट आउनुभएका यात्रीहरुसंग वि.सं. २०६२ मा साहित्यिक भेटघाट कार्यक्रम भव्य रुपमा सम्पन्न ।
  • पुस्तक उत्तम जीवनका लागि अपरिहार्य विषय हो । पुस्तकको अध्ययन प्रवृत्तिले वौद्धिक सामथ्र्यलाई सवल बनाउँछ भन्ने मान्यता लिएर कृति प्रकाशन एवं विमोचन तथा वितरण कार्यक्रम सम्पन्न ।

प्रतिष्ठानबाट हालसम्म निम्नलिखित पुस्तकहरूको प्रकाशन भइसकेको छ ।

आत्मबोध (निबन्ध): कमला कुँवर

 

उत्ताउली (कथा संग्रह): कल्पना अधिकारी

उत्ताउली (कथा संग्रह): कल्पना अधिकारी

 

एक पाइला अघिल्तिर (गित संग्रह): गङ्गा सुवेदी

एक पाइला अघिल्तिर (गित संग्रह): गङ्गा सुवेदी

 

घायल वर्तमान (कथा संग्रह): गङ्गा सुवेदी

घायल वर्तमान (कथा संग्रह): गङ्गा सुवेदी

 

बालकृष्ण पोखरेल अभिनन्दन ग्रन्थ: चेतना संरक्षण प्रतिष्ठान,नेपाल

बालकृष्ण पोखरेल अभिनन्दन ग्रन्थ: चेतना संरक्षण प्रतिष्ठान,नेपाल

 

धर्मानन्द सिटौला अभिनन्दन ग्रन्थ: चेतना संरक्षण प्रतिष्ठान,नेपाल

धर्मानन्द सिटौला अभिनन्दन ग्रन्थ: चेतना संरक्षण प्रतिष्ठान,नेपाल

 

book13

चेतन पत्रिका जुन हाल विधिवत् रूपमा चेतना सन्देश नामबाट निरन्तर प्रकाशित – चेतना संरक्षण प्रतिष्ठान, नेपाल ।

हालसम्म नौं अब्क प्रकाशित भइसकेको छ । अब दशौं अब्क बिशेषाब्कका रूपमा आउँदैछ । वार्षिक , अर्धवार्षिक हुँदै अब त्रैमासिक पत्रिकाका रूपमा यस पत्रिकाको यात्रा शुरू हुन गइरहेको छ ।

  • वि.सं. २०६२ मंसीरमा विराटनगरमा आयोजित विराट महोत्सवका अवसरमा ललितकला सभ्̈म पूर्वाञ्चल, विराटनगरसँग सहकार्य गरी दश दिवशीय बृहत कला प्रदर्शनी सम्पन्न ।
  • वि.सं. २०६३ सालमा राष्ट्रका महत्वपूर्ण क्षेत्रमा आ–आफ्नो क्षमता, शिप,स्रोत र आत्मीयता अनुरुप विशिष्ट योगदान पु¥याउनु हुने पाँच विधाका विशिष्ट व्यक्तिहरुको सम्मान कार्यक्रम सम्पन्न ।
  • वि.सं. २०६३ सालमा स्थानीय झी पुचः विराटनगरमा वाल चित्रकला कार्याशाला सम्पन्न गराईनुका साथै प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न ।
  • २०६३ सालदेखि निरन्तररूपमा अन्य विभिन्न मानवीय चेतना अभिबृद्धि, संरक्षण र सम्मान कार्यक्रमहरू सम्पन्न । जस्तै ः Self Care Programme, Master of Ceremony Programme, Self Care Training का साथै योगब̊ारा स्वस्थ्य रहन अभिपे्ररित प्रश्नोत्तर एवं प्रवचन कार्यक्रम प्रस्तुत ।
  • वरिष्ठ समाजसेवी धर्मानन्द सिटौलाज्यूको नागरिक अभिनन्दन गरिएको ।
  • विश्रान्ती मन्दिर, मूलघाट, धनकुटामा जेष्ठ नागरिकलाई भोजन गराउनुका साथै १६५ लिटरको फ्रिज उपलब्ध गराएको । साथै अन्य दैनिक उपभोग्य सर–सामान प्रदान गरिएको ।
  • नेपाल प्रज्ञा प्रतिष्ठान र चेतना संरक्षण प्रतिष्ठानको संयुक्त तत्वाधानमा मारवाडी सेवा समिति बिराटनगरमा ३ दिने अनुवाद संगोष्ठी सम्पन्न गरिएको ।
  • २०६८ माघ २८ गते विराटनगरमा स्थित आरोहण गुरूवूmलमा बिभिन्न विधाका ५ जना स्रष्टाहरूलाई सम्मान गरिएको ।
  • २०६८ माघ २८ गतेदेखि स्थानीय मकालु टेलिभिजनबाट साहित्य र कलाका विषयमा समर्पित स्थापित तथा अग्रज स्रष्टाको सामिप्यताबाट चेतना अभिबृद्धि गराउने उदेश्यले संचालित “चेतना प्रवाह” कार्यक्रम शुभारम्भ गरिएको ।
  • चेतना प्रवाह अन्तर्गतमिति २०६९ असार ८ गते अन्तरस्वूmलप्रतियोगितात्मक कविगोष्ठी संचालन गरिएको । जसमा क्रमशः वि.के.भि.एम.का श्रीजन भण्डारी, आदर्श उ.मा.वि.का सन्तोष उराउ प्रथम भएका थिए । यो कार्यक्रम आगामी दिनमा पनि निरञ्तररूपमा सुचारु रहने छ ।
  • संस्थाको आफ्नो website: (chetananepal.org) प्रयोगमा ल्याईएको ।
  • स्थापित कविहरूबाट मिति २०६९ श्रावण ३२ गते साहित्यिक कार्यक्रम कविता वाचन सन्चालन गरी चेतना प्रवाह अन्तर्गत प्रसारण शुभारम्भ गरिएको र यसलाई निरन्तरता दिईने ।
  • थारु कला–संस्कृति पहिचान कार्यक्रम २०६९ पौष १४ गते सम्पन्न गरिएको ।
  • २०६९ साल माघ १२ गतेदेखि २२ गतेसम्म साझा प्रकाशनबाट विराटनगरमा आयोजित “दशदिने वृहद् कला–साहित्य भेला (पुस्तक मेला)” मा सह आयोजकका रुपमा रही कार्य सम्पन्न गरिएको ।
  • वर्षेनी समाजमा महत्वपूर्ण योगदान समर्पित गर्दै रहनु भएका सस्ट्राहरूलाई सम्मान एवं अभिनन्दन कार्यक्रम सम्पन्न गर्दैरहेकोमा हालसम्म राष्ट्रका लगभग चालिस जनालाई सम्मान एवं अभिनन्दन गरिसकिएको ।
  • संथाल कला–संस्कृति पहिचान कार्यक्रम मोरङ्को राजघाटमा सम्पन्न गरिएको ।
  • मिति २०७० माघ ललितकला सङ्गमसँग सहकार्य गरी लगभग १५ जना चित्रकारहरूको चित्रकला प्रदर्शनी कार्यक्रम सम्पन्न ।
  • प्रतिष्ठानको आयोजना र देवेनरा समूहको संयोजकत्वमा “होली मिलन समारोह” –२०७० सम्पन्न ।
  • मिति २०७१ कार्तिक २१ र २२ गते तदनुसार nov 7 & 8 तारिखका दिन “अन्तर्राष्ट्रिय चित्रकला साहित्य सङ्गम समारोह” अथार्त् “International Fine Art and Literature Confluence Festival” सम्पन्न गरिएको । यस कार्यक्रममा देश तथा बिदेशबाट गरी लगभग ७५ चित्रकारहरूले भाग लिएका थिए । प्रदर्शित चित्रकलामाथि स्थानीय साहित्कारहरूबाट (कवि) कविता सिर्जना गरेका थिए ।
  • प्रतिष्ठानको नवौं वार्षिक उत्सवका अवसरमा मिति २०७१/७/२१ गते सनिवारका दिन पुन जोडी सहित स्रष्टा सम्मान कार्यक्रम, कला सम्बन्धि वरिष्ठ कलाकार गोपाल कलापे्रमीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने उक्त कार्यपत्रमाथि टिप्पणी कलाकार सुबोधचन्द्र सुमनले गर्नुभएको थियो । यसरी नै साहित्यतर्फ प्राज्ञ दधिराज सुवेदीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने उक्त कार्यपत्रमाथि टिप्पणी प्रा.डा. टंक न्यौपानेले गर्नुभएको थियो ।
  • मिति २०७१ माघ १७ गते सनिवार नेपाल मारवाडी मित्र समिति, विराटनगरसँग सहकार्य गरी रंगेली न.पा. वडा नं.४ स्थित जनता मा.वि. आमतोलामा २५ जना महिला, २० जना बृद्ध र २० जना बाल–बालिका गरी जम्मा ६५ जनालाई न्यानो कपडा वितरण गरिएको ।
  • आपसी सौहार्दता अभिबृद्धि एवं सामाजिक आत्मियता कायम गर्नका लागि देवेनरा समूहको संयोजकत्व र प्रतिष्ठानको आयोजनामा “होली मिलन समारोह” २०७१ सम्पन्न ।

द्रष्टव्य:  चेतना संरक्षण प्रतिष्ठान, नेपालको आयोजनामा प्रतिष्ठान अध्यक्ष गब्गा सुवेदीको संयोजनमा प्रतिष्ठानको स्थापनाकालबाट नै प्रत्येक वर्षको साउन तथा भदौ महिनामा भेटघाट एवं आपसी मित्रता अभिवृद्धी कार्यक्रम सम्पन्न । यस कार्यक्रमले निरन्तरता पाउने विश्वास प्रतिष्ठान दिलाउन चाहन्छ ।