Introduction

‘चेतना संरक्षण प्रतिष्ठान, नेपाल’ सकारात्मक सोचमा अभिवृद्धि गराउँदै मानवीयताको संरक्षण र सम्वद्र्धनका निमित्त समर्पित संस्था हो । यसलाई छोटकरीमा ।।।चे.सं.प्र. नेपाल’ भनिन्छ । अंग्रेजीमा Conciousness Conservation Academy, Nepal (CCAN) नामबाट सम्बोधन गर्न सकिन्छ । वि.सं. २०६१ साल श्रावण ११ गते जिल्ला प्रशासन कार्यालय, मोरङ्गमा दर्ता गरी दर्ता नं. १६५९ प्राप्त प्रतिष्ठानकोपान नं. हो।

आत्मशक्ति सम्पूर्ण जीवनको सक्रियतारूपी मेरूदण्ड हुनेभएकाले त्यसको पहिचान हुनु अत्यन्त
आवश्वयक छ । साथसाथै विविधताको परिधिभित्र संगालिएका मनस्थितिहरूको आआफ्नै धार हुन्छ। त्यसलाई सोही अनुरूप सुन्दर स्वरूप दिनुपर्दछ भन्ने तथ्यलाई मानेर जीवनमा विशेषतः प्रभाव पार्ने मूल विषयवस्तु साहित्य, कला, मानवीय धर्मसंस्वृmति, साहित्यिक पत्रकारिता र समाजसेवा जस्ता पाँच विषयको चयन गरेको छ । प्रत्येक वर्षको माघ महिनाको अन्तिम सनिवार वार्षिक उत्सवका दिन यीनै पाँच विधामा जीवनका अमृतपलहरू समर्पित गर्नुभएका र आफ्ना माध्यमबाट परहीत हुँदा प्राप्त सन्तुष्टीलाई नै परमआनन्द र मूल आर्जन मान्दै आउनुभएका देवात्माहरूलाई क्रमशः  सम्मान गर्ने परम्परा यस प्रतिष्ठानको रहेको छ । सम्भव भएसम्म पूर्व मेची देखी पश्चिम महाकालीसम्म मात्र नभएर त्यसदेखी बाहिरसम्म पनि प्रतिष्ठानको खोजी र प्राप्ती जारी छ । कारण, सीमालाई होइन मानवीयता सम्बन्धि भावनालाई प्रतिष्ठानले विशेष महत्वका साथ लिने गरेको छ।

अन्र्तनिहित प्रतिभाको प्रष्टफुटन आफै हुँदैन, बाटो दिनुपर्छ, आत्मविश्वास दिनुपर्छ साथसाथै तिनको संरक्षण पनि गर्नुपर्छ । प्रतिभा नभएकामा पनि प्रतिभा स्थापन गराउँदै चेतना अभिबृद्धिका लागि समर्पित हुनुले समृद्ध समाजका निमित्त महत्वपूर्ण भूमिका खेल्नसक्छ भन्ने यथार्थप्रति प्रतिष्ठानको विश्वास रहेको छ । सृष्टिको प्रत्येक जीवन्त प्रस्तुतिमध्ये मानवस्वरुपभित्र अवस्थित चेतनशक्तिले प्रतिभालाई अङ्गिकार गरेको हुन्छ । एउटा मान्छेभित्र नकारात्मकपनाका साथसाथै प्रचुरमात्रामा सकारात्मकपना पनि विद्यमान हुन्छ । त्यसैले मान्छेको जुन प्रकारले उन्नति हुन्छ उसै प्रकारले तीब्र गतिमा अवन्नति पनि हुनसक्छ । मान्छे उद्भवको केन्द्रविन्दु हो । यस यथार्थलाई राम्ररी अध्ययन गरेर मान्छेभित्रबाट सही अर्थमा मान्छे खोजेर साथ दिदै यस राष्ट्रको सर्वोन्नतिमा महत्वपूर्ण योगदान पु¥याउने प्रयासमा प्रतिष्ठान दृढ रहेको छ । यसर्थ यही मानसिकतालाई कर्तव्यपथमा अघि सारेर जुन साकाररूपको उजागर हुनेछ त्यसैलाई प्रतिष्ठानले सही अर्थमा आफ्नो परिचय मानेको छ ।

मान्छेमा एउटा अटूट भ्रम सदैव विद्यमान रहेको पाइएको छ त्यो हो ‘जे हुँ मै हुँ’ । आफ्नो मुठ्ठीमा संसार कस्ने अतृप्त चाहनाले ग्रस्त मान्छे नै तत्काल असन्तुष्टिको चंगुलमा परेर जीवनलाई अवसान दिने हालतमा पुग्ने गरेको पाइन्छ । आधाबाट शुरु र शुरुबाट आधाको यर्थाथ बयान गरिदिनु पनि सम्बन्धित संघसंस्थाहरुको कर्तव्य हो । यस तथ्यलाई पनि प्रतिष्ठानले स्वीकार गरेर आफ्ना कदमहरु अगाडि चालेको छ । यसबाट अप्राप्य जीवनको प्राप्तिप्रति मानिसको चेतना जागृत हुनेछ भन्ने विश्वास प्रतिष्ठानको रहेको छ ।

सेवाको भावना लिएर खुलेका कुनै पनि संघसंस्थालाई हार्दिक सम्मान गर्दै अविराम यात्रारत् चेतना संरक्षण प्रतिष्ठान,नेपाल आवश्यक परेमा अन्य व्यक्ति र संस्थाहरुसँगको सहकार्यमा विश्वास राख्दछ ।