चेतना संरक्षण प्रतिष्ठान,नेपाल नामले मात्र चेतना संरक्षण होइन कामले पनि हरतरहबाट चेतनाको संरक्षण गर्न कटिबद्ध छ । यसको परिधिभित्र रहँदासम्म प्रतिष्ठानमा आवद्ध सबैले मानवीयताका सम्बन्धमा मात्र आफुलाई सिमित राख्नुपर्ने प्रतिष्ठानको मान्यता रहेको छ । हालसम्म यस मान्यताको अवलम्बन सबैबाट भइरहेको छ । निःस्वार्थ भावनाका साथ यथासम्भव सर्वकल्याणका निमित्त समर्पित मानसिकता नै प्रतिष्ठानको उत्तरोत्तर प्रगतिको कारक हो भन्ने प्रतिष्ठानको विश्वास रहेको छ । यसै आधारमा प्रतिष्ठानको भावी योजना निम्नलिखित बँुदामा सुनिश्चित गरिएको छ ।

  • वार्षिक उत्सवका अवसरमा पाँच विधाका हस्तीहरूमा सम्मानका साथमा नगद पुरस्कार समेत समर्पण गर्ने । यसका निमित्त पूर्वाधारतर्फ पहल गर्ने ।
  • पुरस्कार सम्मानको राशी कम्तीमा प्रति विधा २५,०००।– (अक्षरेपी पच्चिस हजार मात्र) रहने व्यवस्था गर्ने ।
  • यस बाहेक अन्य व्यवस्थापन (१ र २ बँुदा सम्बन्धमा ) प्रतिष्ठानको आन्तरिक समितिको आपसी सरसल्लाहबाट निणर्य गरिने ।
  • यसै गरी प्रतिष्ठानबाट अर्धवार्षिक रूपमा प्रकाशित भइरहेको साहित्यिक पत्रिका चेतना सन्देशलाई आगामी दिनदेखि त्रैमासिक पत्रिकाका रूपमा प्रकाशित गर्ने । यसका निमित्त दीर्घकालीन अक्षयकोष खडा गर्नेछ ।
  • भविष्यका स्वर्णीम स्वरूप अथवा सुनौलो भविष्यका देवत्वरूप बालवालिकाको विकास र संरक्षणका निमित्त भविष्यमा बाल पत्रिका, बाल गृह, बाल शिक्षा र सामग्रीको व्यवस्थापनका साथै प्रारम्भिक व्यवहारिक शिक्षा र नैतिक शिक्षा उपलब्ध गराई तिनलाई सुमार्ग तिर डो¥याउने उद्देश्य लिईएको छ ।
  • आमा कूल संरक्षक, संस्कार प्रदायिनी, पहिलो गुरु आदीका रूपमा स्थापित साक्षत् ईश्वरीय स्वरूप हुन । यिनको हर रूपमा हर तरहले व्यक्ति, समाजमा नभएर विश्वमा नै महत्व छ । यस अर्थमा प्रतिष्ठानले यिनको महत्वलाई सम्मान गर्दै आर्थिक, समाजिक, धार्मिक जस्ता विविध प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपले विपन्नता बेहोरिरहेका आमाहरू विवाहित–अविवाहित–एकलका लागि पनि कार्यक्रम ल्याइने । यसका निम्ति सम्बन्धित विषयका विज्ञ ः प्रतिष्ठानमा संलग्न विब̊ानका विचमा सरसल्लाहको व्यवस्था गर्ने ।
  • यसको लागि प्रतिष्ठानले कानूनी सल्लाहकारलाई सहयोगीका रूपमा स्थायी संग्लनता गराउनेछ ।
  • पारदर्शिता स्थायी रहोस र प्रतिष्ठानलाई लागेको कुनैपनि अनैतिक कार्यले प्रश्रय नपाओस् भन्ने उद्देश्यका लागि आवश्यक महत्व दिइने छ ।
  • दाता र प्रतिष्ठानका बीचमा घनिष्ठता कायम राखिनेछ ।
  • प्रतिष्ठानमा प्रवेश गराइने व्यक्तिका निमित्त छुट्टै फारमको व्यवस्था गरिनेछ ।