‘चेतना संरक्षण प्रतिष्ठान, नेपाल’ सकारात्मक सोचमा अभिवृद्धि गराउँदै मानवीयताको संरक्षण र सम्वद्र्धनका निमित्त समर्पित संस्था हो । यसलाई छोटकरीमा ‘चे.सं.प्र. नेपाल’ भनिन्छ । अंग्रेजीमा ‘Conscious Protection Academy, Nepal (CPA, NEPAL)’  नामबाट सम्बोधन गर्न सकिन्छ । वि.सं. २०६१ साल श्रावण ११ गते जिल्ला प्रशासन कार्यालय, मोरङ्गमा दर्ता गरी दर्ता नं. १६५९ प्राप्त प्रतिष्ठानको पान नं. हो ।
आत्मशक्ति सम्पूर्ण जीवनको सक्रियतारूपी मेरूदण्ड हुनेभएकाले त्यसको पहिचान हुनु अत्यन्त आवश्वयक छ । साथसाथै विविधताको परिधिभित्र संगालिएका मनस्थितिहरूको आआफ्नै धार हुन्छ । त्यसलाई सोही अनुरूप सुन्दर स्वरूप दिनुपर्दछ भन्ने तथ्यलाई मानेर जीवनमा विशेषतः प्रभाव पार्ने मूल विषयवस्तु साहित्य, कला, मानवीय धर्मसंस्वृmति, साहित्यिक पत्रकारिता र समाजसेवा जस्ता पाँच विषयको चयन गरेको छ । प्रत्येक वर्षको माघ महिनाको अन्तिम सनिवार वार्षिक उत्सवका दिन यीनै पाँच विधामा जीवनका अमृतपलहरू समर्पित गर्नुभएका र आफ्ना माध्यमबाट परहीत हुँदा प्राप्त सन्तुष्टीलाई नै परमआनन्द र मूल आर्जन मान्दै आउनुभएका देवात्माहरूलाई क्रमशः राष्ट्रिय चिनोका साथ सम्मान गर्ने परम्परा यस प्रतिष्ठानको रहेको छ । सम्भव भएसम्म पूर्व मेची देखी पश्चिम महाकालीसम्म मात्र नभएर त्यसदेखी बाहिरसम्म पनि प्रतिष्ठानको खोजी र प्राप्ती जारी छ । कारण, सीमालाई होइन मानवीयता सम्बन्धि भावनालाई प्रतिष्ठानले विशेष महत्वका साथ लिने गरेको छ ।
अन्र्तनिहित प्रतिभाको प्रष्टफुटन आफै हँुदैन, बाटो दिनुपर्छ, आत्मविश्वास दिनुपर्छ साथसाथै तिनको संरक्षण पनि गर्नुपर्छ । प्रतिभा नभएकामा पनि प्रतिभा स्थापन गराउँदै चेतना अभिबृद्धिका लागि समर्पित हुनुले समृद्ध समाजका निमित्त महत्वपूर्ण भूमिका खेल्नसक्छ भन्ने यथार्थप्रति प्रतिष्ठानको विश्वास रहेको छ । सृष्टिको प्रत्येक जीवन्त प्रस्तुतिमध्ये मानवस्वरुपभित्र अवस्थित चेतनशक्तिले प्रतिभालाई अभ्̈िकार गरेको हुन्छ । एउटा मान्छेभित्र नकारात्मकपनाका साथसाथै प्रचुरमात्रामा सकारात्मकपना पनि विद्यमान हुन्छ । त्यसैले मान्छेको जुन प्रकारले उन्नति हुन्छ उसै प्रकारले तीब्र गतिमा अवन्नति पनि हुनसक्छ । मान्छे उद्भवको केन्द्रविन्दु हो । यस यथार्थलाई राम्ररी अध्ययन गरेर मान्छेभित्रबाट सही अर्थमा मान्छे खोजेर साथ दिदै यस राष्ट्रको सर्वोन्नतिमा महत्वपूर्ण योगदान पु¥याउने प्रयासमा प्रतिष्ठान दृढ रहेको छ । यसर्थ यही मानसिकतालाई कर्तव्यपथमा अघि सारेर जुन साकाररूपको उजागर हुनेछ त्यसैलाई प्रतिष्ठानले सही अर्थमा आफ्नो परिचय मानेको छ ।
मान्छेमा एउटा अटूट भ्रम सदैव विद्यमान रहेको पाइएको छ त्यो हो ‘जे हुँ मै हुँ’ । आफ्नो मुठ्ठीमा संसार कस्ने अतृप्त चाहनाले ग्रस्त मान्छे नै तत्काल असन्तुष्टिको चंगुलमा परेर जीवनलाई अवसान दिने हालतमा पुग्ने गरेको पाइन्छ । आधाबाट शुरु र शुरुबाट आधाको यर्थाथ बयान गरिदिनु पनि सम्बन्धित संघसंस्थाहरुको कर्तव्य हो । यस तथ्यलाई पनि प्रतिष्ठानले स्वीकार गरेर आफ्ना कदमहरु अगाडि चालेको छ । यसबाट अप्राप्य जीवनको प्राप्तिप्रति मानिसको चेतना जागृत हुनेछ भन्ने विश्वास प्रतिष्ठानको रहेको छ।
सेवाको भावना लिएर खुलेका कुनै पनि संघसंस्थालाई हार्दिक सम्मान गर्दै अविराम यात्रारत् चेतना संरक्षण प्रतिष्ठान,नेपाल आवश्यक परेमा अन्य व्यक्ति र संस्थाहरुसँगको सहकार्यमा विश्वास राख्दछ ।