• चेतना संरक्षण प्रतिष्ठान, नेपालबाट समुन्नत जीवनको उद्भवका निमित्त अत्यन्त प्रभावकारी पाँच विषयहरूलाई प्राथमिकता दिइदै आइएको छ । साहित्य, कला, मानवीय धर्म– संस्वृmति, साहित्यिक पत्रकारिता एवं समाजसेवा ती पाँच विषय हुन् । यीनले जीवनको सम्पूर्ण पक्षको प्रतिनिधित्व गर्छ भन्ने विश्वास प्रतिष्ठानको रहेको छ ।
  • प्रायः गरेर कुनै पनि सफलताको पछाडि सच्चा जीवन साथीको साथ अपरिहार्य हुन्छ । हाम्रो जस्तो पुरूष प्रधान देशमा नारीलाई कतैबाट पनि श्रेय दिने परम्पराको आजपनि अनिकाल छ । परिणामस्वरूप जुन तीव्रताका साथ जस्तो निष्कर्षको प्राप्ति हुनुपर्ने हो त्यस्तो प्राप्त हुन सकिरहेको हुँदैन ।
    यस दुःखद् परिणतिको निवारणका लागि दुवैको सकारात्मक एवं समर्पित भावको कदर हुनुपर्दछ ।
    सब्कूचित मनोभावको विपक्षमा पाइलाहरू चालिनुपर्दछ । शव्दमा मात्र समानता समाहित पारिनुहँुदेन भन्ने यहि उदार नीति अबलम्बन गरेर प्रतिष्ठानले विगत ४ वर्षदेखि निरन्तर रूपमा सकभर स्रष्टा जोडीलाई नै सम्मान गर्ने परम्पराको थालनी गरेको छ ।
  • प्रतिष्ठानमा पाँचै बिधामा समर्पित व्यक्तिहरूलाई आवद्धता अवसर प्रदान गरिएको छ जसको प्रावधान अन्य संघ–संस्थामा पाइएको छैन ।
  • प्रतिष्ठानमा आर्थिक प्रलोभनमा परी अनावश्यक रूपमा आवद्धताको प्रावधान गरिएको छैन । गुणात्मक पक्षलाई विशेष महत्व दिइएको छ ।
  • प्रतिष्ठानबाट सम्मान बाहेक बिबिध प्रकारका सामाजिक गतिविधिहरूलाई पनि महत्व दिएर सद्भाव समर्पण गरिएको छ । जस्तैः ह्वील चेयर वितरण, लत्ताकपडा वितरण, खाद्य सामाग्रि वितरण, नगद एवं जिन्सी प्रदान जस्ता कार्य ।
  • प्रतिष्ठानले जातमा मानव र धर्ममा मानवीयतालाई विशेष महत्व दिएको छ ।
  • नातावाद, वृmपावाद, भ्रष्टाचार र कुनै पनि दोषी विषयलाई प्रतिष्ठानले सदा शत्रु मान्दै आएको छ ।
  • प्रतिष्ठानमा प्रवेश गर्नु अघि आवेदन फर्म भरेर प्रतिष्ठानको नियम परिधिभित्र रहने मञ्जुरी पत्र भरेर मात्र प्रवेश गराइने शर्त छ । प्रवेश पछि पनि यदी कसैले नियम विरूद्ध कार्य गरेमा निजको सदस्यता स्वतः खारेज हुने व्यवस्था रहेको छ ।
  • प्रतिष्ठानको सम्पूर्ण कामकार्यवाहीमा पारदर्शीता अपनाइने व्यवस्था छ ।

माथि उल्लेखित नौ बुँदा प्रतिष्ठानका विशेषताहरू हुन् । जसले प्रतिष्ठानको गरिमामा अभिवृद्धि कायम गरिरहने छ भन्ने विश्वास यस सँग आवद्ध सबैको हो ।