• राष्ट्रको सर्वोपरी हितका लागि प्रमुखतः मानवीयता संरक्षण हेतु राष्ट्र हितसँग सम्बन्धित यथासम्भव कार्ययोजनाहरू अगाडि बढाउनु ।
  • साहित्य, कला र संस्कृतिको उत्थानमा जोड दिदै तिनको संरक्षण र सम्वद्र्धनका निमित्त योजना तजुर्मा गरी कार्ययोजनालाई अगाडि बढाउनु ।
  • सम्वृद्ध जीवनका निमित्त मानवीय भावनाको उत्थान हुनु अति आवश्यक छ । यसका लागि अति आवश्वक प्रक्रिया यससँग सम्बन्धित विभिन्न कार्यक्रम, तालिम, अन्तक्र्रिया, गोष्ठी आदिको व्यवस्था गर्नु ।
  • समाजको उन्नतीका निमित्त वालक, युवा, बृद्ध (सवै स्तर) लाई उचित संस्कार, सम्मान र स्नेह अथवा अपनत्वको भावना अभिवृद्धि हुनु अति नै आवश्यक छ र यसले सम्बन्धको महत्वलाई दह्रो बनाउने हुनाले यस विषय सम्बन्धि विभिन्न कार्यक्रमहरूको आयोजना गर्नु । जसकालागि अन्य संघ–संस्था, व्यक्ति सवैसँग सहकार्य गरी चेतनामूलक कार्य संचालन एवं सम्पादन गर्नु ।
  • राष्ट्रका गौरव विभिन्न लेखक, साहित्यकार, बुद्धिजिवी, समाजसेवी एवं कलाकार र कलाप्रेमीहरूलाई एकसुत्रमा बाँध्ने र एउटा सवल समाजको निर्माणमा जोड दिनु ।
  • राष्ट्रिय, अन्र्तराष्ट्रिय र क्षेत्रीयस्तरमा विभिन्न गोष्ठी, सेमिनार जस्ता विभिन्न कार्यक्रमहरुको आयोजना र संचालन गर्नु ।
  • अध्ययन, अनुसन्धान, प्रकाशन, अनुवाद तथा प्रंचार–प्रसारका लागि विभिन्न कार्यक्रमहरू संचालन गर्नु ।
  • सिर्जनशील र मर्यादित समाजसेवी तथा स्रष्टाहरूबीच आपसी सम्पर्क, सद्भावना, सौहार्दता र सहयोगको व्यवस्थित तालमेल राख्नु ।
  • नवोदित प्रतिभाहरूको समुन्नतीका लागि आवश्यक पे्ररणा तथा प्रोत्सान दिंदै अग्रजहरूको सम्मान गर्दै जाने परम्परा बसाउनु ।
  • नेपालीपन अनुरूप समुचित परम्पराको उत्थान र बर्चस्वका लागि धर्म, संस्कृत्ति एवं मानवीय उत्थानका सन्दर्भमा कार्य गर्नु ।
  • अन्य विभिन्न सम्बन्धित संघ–संस्थाहरुसँग प्रतिष्ठानको नियममा रही मानवीय हितलाई ध्यानमा राखेर उपर्युक्त सम्पर्क गरी कार्यक्रमको गतिविधिलाई अघि बढाउनु ।
  • आवश्यकताका आधारमा समाजिक विकासका निमित्त उचित तथा शीपमूलक शिक्षा प्रदान गरी संरक्षण गृहसमेतको व्यवस्था मिलाउने सोच प्रतिष्ठानको रहेको छ ।